सप्ताहब्यापी रुम्पमा बुद्ध जयन्ती आजबाट सुरु, टुडिखेलबाट विश्वशान्ति स्तुप सम्म शुभारम्भ र्‍याली

  • समुह: समाज
  • प्रकाशित: सोमबार, 30 अप्रिल 2012 06:43

(कृपा भण्डारी) पोखरा, १७ वैशाख । २५ सय ५६ औ बुद्ध जयन्ति सप्ताहब्यापी रुपमा आजबाट मनाउन सुरु गरिएको छ । पोखरामा रहेका विभिन्न बौद्धमार्गीहरुको संघसंस्थाले सामुहिक रुपमा सप्ताहब्यापी कार्यक्रम गरेर बुद्ध जयन्ती मनाउने भएका हुन् । सप्ताहब्यापी कार्यक्रमको आज पोखरामा शुभारम्भ ¥याली आयोजना गरेर सुरुवात गरिएको छ ।

बुद्ध जयन्ती समारोह समितिको आयोजना र युवा बौद्ध संघ पोखराको संयोजनमा पोखराको टुँडिखेलबाट सुरु भएको शुभारम्भ र्‍याली अनदुडाँडामा रहेको विश्व शान्ति स्तुप मा पुगेर समापन भएको थियो । र्‍याली समापन संगै विश्व शान्ति स्तुपमा भन्ते श्रद्धानन्द, जगदिश लगायतले बुद्ध पुजा गरेका थिए ।

साईकल, मोटरसाईकल र मोटरगाडी समावेश गरिएको सो ¥यालीमा बौद्धमार्गीहरुको बाक्लो उपस्थिित रहेको थियो । धर्मशिला बुद्धविहार संगै युवा बौद्ध संघ , बौद्ध उपासिका संघ, बौद्ध अर्घो सदन, सद्धर्मसभा, ज्ञानमाला संघ , लगायतका आद्या दर्जन बढि बौद्धसम्बन्धी संघसंस्थाको संयुतm आयोजनामा बुद्ध जयन्ती विशेष कार्यक्रम गरिन लागेको हो ।


  • संसोधन: बुधबार, 30 नोभेम्बर -0001 05:41,

प्रतिक्रिया लेख्नुहोस


बढी पढिएको - गण्डकी अञ्चल

बढी पढिएको - पोखरा र आसपास

पोखराको मौसम